प्रदेश ५ मा ३५ प्रतिशत रोपाई सकियो

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jun 29, 2020 | 01:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ मा यो वर्ष ३४ दशमलव ८ प्रतिशत रोपाई सकिएको छ । प्रदेश ५ कृषि विकास निर्देशनलायबाट लिएको तथ्याङ्क अनुसार तराईका जिल्लाहरुमा करिव ५० प्रतिशत रोपाई भएका छन् भने पहाडमा जिल्लाहरुमा १० देखी १५ प्रतिशतको हाराहारीमा रोपाई सकिएको हो । 

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भता र समृद्धि’ भन्ने मूल नाराका साथ यो वर्ष १७ औं राष्ट्रिय धान दिवस मनाईएको छ । मानो खाएर मूरी उब्जाउने महिनको रुपमा मानिदै आएको मध्य असार (१५ असार) लाई नेपाल सरकारले वि.स. २०६१ सालमा राष्ट्रिय धान दिवसका रुपमा मनाउने घोषणा गरेपछि महत्व थप बढेको छ ।

गतवर्षभन्दा यो वर्ष मौसम तथा वर्षाले साथ दिएकोहुँदा छिटो रोपाई सुरु भएको प्रदेश ५ कृषि विकास निर्देशनलायका सूचना अधिकृत हेमनाथ शर्माले बताए । 

कृषि निर्देशनालयले दिएको अनुसार यो वर्ष तराईका जिल्लाहरु रुपन्देहीमा ५४ प्रतिशत, नवलपरासीमा ४५, कपिलवस्तुमा ५५, दाङमा ४५, बाँकेमा ५२ तथा बर्दियामा ४६ प्रतिशत रोपाई सकिएको छ । यसैगरी पहाडका जिल्लाहरु पाल्पामा ५४, अर्घाखाँचीमा ८ दशमलव ८, गुल्मी मा ३ दशमलव ५, प्यूठानमा ४७, रुकुममा १० तथा रोल्पामा ९ दशमलव ५ प्रतिशत रोपाई सकिएको छ । प्रदेश ५ मा गत वर्ष ३ लाख ३० हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान गरिएको छ ।

नेपालमा समुद्री सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटर सम्मको उचाईमा ११८ जातका धान खेती गर्ने गरिन्छ । नेपाल सरकार कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपाललमा पछिल्लो वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी गएको आर्थिक वर्ष २०७५।७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आ.व. २०७४।०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएको थियो भने २०७३।०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ ।

सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यका साथ १५ जिल्लामा वृहत धान उत्पादन कार्यक्रम सञ्चालन गरेको छ भने झापालाई धानको सुपर जोनका रुपमा घोषणा गरेको छ । सरकारले धानको उत्पादनलाई प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टनबाट वृद्धि गरि ४ मेट्रिक टन पुर्याउने लक्षय लिएको छ । धान उत्पादनको नेपालमा कुल ग्रास्थ उत्पादनमा २ प्रतिशन योगदान रहेको छ । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तराष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । प्रदेश ५ का मुख्यमन्त्रीले पनि धानदिवसको शुभकामना  दिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved