किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन फोरएच नेपालको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 05:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

फोरएच नेपालले सलह कीराले किसानको खेतीबाली नोक्सानी गरेको भन्दै क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ । उक्त सस्थाले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलहले किसानलाई ठुलो क्षति पुगेको भन्दै क्षतिपूर्तीको माग गरेको हो ।

फोरएचद्वारा जारी गरेको प्रेस नोटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलहकीरा नियन्त्रणकालागि प्रयाप्त समय हुँदाहुँदै पनिप्रभावकारी कदम नचाल्दा किसानले ठूलो नोक्सानी ब्यहोर्नु परेको उल्लेख छ । सलह नियन्त्रणकालागि गठित सलह कीरा नियन्त्रण सम्बन्धी प्राविधिक कार्यदलले दिएको सुझाव नमानेर उल्टै नेपालमा मनसुन भएकाले कम प्रभाव पर्ने सरकारी आँकलनको कारण सलहले ठूलो क्षति तथा नोक्सानी गरेकोे फोरएचको तर्क छ । त्यस्तै सलह नियन्त्रणकालागि पम्परागत विधिहरु अपनाई स्थानीय श्रोत साधनको बढीभन्दा बढी उपयोग गर्न तथा सामुहिक रुपमा सलह नियन्त्रणकालागि सहकार्यमा लाग्न किसानहरुलाई फोर एचले अनुरोधसमेत गरेको उक्त विज्ञप्तिमा उल्लेख भएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved