कृषि उपजको ढुवानी नरोक्न विभागको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 12:37:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा अवरोध नर्गन आग्रह गरेको छ । गत बिहीबार काठमाडौँमा अनलाईन मार्केटिङमार्फत कृषि उपजका सामग्री बिक्री तथा वितरणमा प्रहरी प्रशासनबाट अवरोध भएपछि विभागले अवरोध नर्गन आग्रह गरेको हो । 

विभागले बिज्ञप्ति मार्फत कृषि उपजहरूको ढुवानी एवम् बिक्री वितरणमा असहजता उत्पन्न हुन गएमा एकातर्फ कृषकले उत्पादन गरेको बिक्री हुन नसकेर खेर जाने र अर्कोतर्फ उपभोक्तालाई सहज रूपमा उपलब्ध नहुने अवस्था श्रृजना हुने सक्ने जनाएको हो। आईतबार विभागका महानिर्देशक डा रेवतीरमण पौडेलको हस्ताक्षर भएको विज्ञप्तीमा भनिएको छ, ‘यस विषम परिस्थितिमा कृषि सामग्री तथा कृषि उपज ढुवानी बिक्री वितरणमा सहजता ल्याउन स्वतफूर्त रुपमा विभिन्न विधिहरु अपनाईएको देखिन्छ । उत्पादन तथा वितरण प्रणली खलबलिन नदिनको लागि विद्युतिय बजार लगायतका बजारीकरणका माध्यममार्फत सहजीकरण गर्न आवश्यक छ ।’

अत्यावश्यक कृषि उपज एवं कृषि उत्पादन सामग्रीको ढुवानी तथा बिक्री वितरण गर्दा कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट जारी भएको कोभिड १९ को सुरक्षा मापदण्ड अपनाउन तथा सुरक्षा मापदण्ड पुरा गरी कृषक तथा उपभोक्ताहरुलाई सेवा पु्याउने कार्यमा अवरोध नगर्न विभागले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved