प्रचण्डका घरबेटीले नसकेपछि बंगलादेशबाट सापटीमा मल

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 01, 2020 | 01:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

धान रोप्ने समय तथा गोड्ने बेलासम्म सरकारी स्वामित्वमा सञ्चालित कृषि सामग्री कम्पनीले मल ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट सापटीमा मल ल्याउने तयारी गरेको छ । रासायनिक मलको मुख्य सिजनमा नै नेपालमा अभाव सिर्जना भएपछि कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयले गहुँ तथा आलु रोप्ने बेलाका लागि मल ल्याउने तयारी गरेको हो । 

बंगलादेशले नेपाललाई सहयोग गर्ने तयार भएको राजदुतवाट जानकारी आएपछि सहुलियत वा सापटी स्वरुप ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी भएको हो।

मन्त्रालयका प्रवक्ता हरिवहादुर केसीका अनुसार कुटनितिक निकाय मार्फत मल ल्याउने तयारी गरिएको हो। 'गहुँ लगाउने समयका लागि ५० हजार टन रासायनिक मल ल्याउन लागेका हौँ, बंगलादेशबाट नेपालमा मल ल्याउने विषयमा हामीले कुटनितिक निकाय मार्फत सम्पर्क गरेका थियौँ,' उनले भने, 'उनीहरुले रासायनिक मल बिक्री नगर्ने तर सहयोग गर्न सक्ने भन्ने जानकारी आएपछि सहुलियत वा सापटी मार्फत मल ल्याउने तयारी गरेका हौँ । '

कृषि मन्त्रालयले कुटनितिक निकाय मार्फत मल ल्याउने विषयमा समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ । गत बिहीबार पत्र पठाइएको प्रवक्ता केसी बताउँछन् । ‘राजदुत मार्फत आएको कुरा हो, उताबाट हुन्छ भन्ने जानकारी आएपछि हामीले साहायता वा सापटी स्वरुप मल ल्याउन कुटनिकित निकायमा समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएका छौँ’, उनले भने, ‘सहुलियत वा सापटी भन्ने विषयमा टुङगो लागेको छैन् । हामी प्रक्रिया अनुसार पत्र पठाएका छौँ, कुन बिधिबाट मल ल्याउने विषयमा जानकारी आइसकेको छैन् ।’

उनका अनुसार हाल १० हजार टन डिएपी मल मौज्दातमा छ । कृषि कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट २०÷२० हजार टन आउने प्रक्रियामा रहेकाले रासायनिक मल मात्र ल्याउने तयारी गरिएको हो । 

कृषि कम्पनीलाई जिम्मा

सापटी मार्फत ल्याइने मलको जिम्मा मन्त्रालयले कृषि सामग्री कम्पनीलाई टेन्डरको जिम्मा दिने तयारी गरेको छ । उताबाट जवाफ आएपछि छोटो समयका लागि ढुवानीमा अन्तराष्ट्रिय टेन्डर  हाल्नुपर्छ । सबै प्रक्रिय पूरा गर्न १५ दिनलाग्न सक्ने र ५० हजार टन मल ल्याउन करिव २ महिनामा मल आइसक्ने अनुमान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ३२ हजार टन मल ल्याउने तयारी गरेको छ, जसमा केही मल नेपाल ल्याइसकिएको छ भने केही आउने तयारीमा रहेको जनाईएको छ ।

यो सिजनमा कर्पोरेशनकै मलमात्र हुने देखिएको छ । कृषि कम्पनीमार्फत ल्याइने ५० हजार टन मल बंगलादेशमा सापटी स्वरुप फिर्ता दिने तयारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

प्रचण्डका घरबेटीले सकेनन्  

सरकारले यस वर्षको लागि मल ल्याउन कृषि समाग्री कम्पनी र साल्ट ट्रेडिङलाई जिम्मा दिएको थियो । जस अनुसार कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले बाँकि ३० प्रतिशत ल्याउनु पर्ने थियो  । कृषि समाग्री कम्पनीले आफुले मल ल्याउने जिम्मा पाएकोमा थप टेण्डर गरेर नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको  कम्पनी सैलुङ इन्टरप्राइजेज र होलीको मल्टिपललाई जिम्मा दियो । तर दुवै कम्पनीले मल ल्याउन सकेनन्  साल्ट ट्रेडिङले ल्याउनु पर्ने मल भने केहि आईसकेको र केहि बाटोमा आउने क्रममा छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved