मल ल्याउन नसकेका प्रचण्डका घरबेटीले मागे थप समय, कारवाहीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 10:38:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्झौता गरेको मितिमा रासायनिक मल ल्याउन नसकेको २ नेपाली ठेकेदारले कृषि सामग्री कम्पनीमा म्याद थपको दिवेदन दिएका छन् । भदौ २० गतेभित्र सम्झौता बमोजिमको सबै रासायकिन मल ल्याउनुपर्ने भनेर ठेक्का सम्झौता गरेको उक्र कम्पनीले कोरोना भाइरसका कारण समयमा मल ल्याउन नसकेको भन्दै तीन महिना म्याद थपको निवेदन दिएको कम्पनीले जनाएको छ । 

गत आर्थिक वर्ष २०७६÷०७७ का लागि २५÷२५ हजार मेट्रिक टन रासायनिक मल ल्याउन नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र कांग्रेस निकका ठेकेदार हुमनाथ कोइरालाको होनिको मल्टिपलले सम्झौता गरेका थिए । गत माघमा निकालिएको अन्तराष्ट्रिय बोलपत्र अनुसार उक्त दुई कम्पनिले साउन १० मा पहिलो लट र भदौ २० भित्र सबै परिमाणमा मल ल्याउनुपर्ने थियो । 

तोकिएको समय सकिएपछि (शनिबार परेका कारण) कृषि सामग्री कम्पनी व्यवस्थापनले आईतबार निर्णय गर्ने भएका छन् । कृषि मन्त्रालयका प्रवक्ता हरिवहादुर केसी कृषि कम्पनीले दुई ठेकेदारलाई मल खरिद भएको भए प्रमाण सहित र नभए कारण सहित जवाफ माग गर्दा जवाफ नै नदिएर म्याद थपको निवेदन दिएको बताउँछन् । 

‘कम्पनीले पठाएको पत्रमा उनिहरुले कुनै जवाफ नदिई म्याद थपका लागि निवेदन दिएका भन्ने जानकारी आएको छ, मलको विषयमा सबै अधिकार कृषि कम्पनीलाई दिईएको छ, कम्पनीका सञ्चालकले उनिहरुको जवाफ अनुसार निर्णय गर्नुहुनेछ', उनले भने ।’

सम्भवन उनीहरुको ठेक्का सम्झौता रद्ध गरेर धरौटी राखेको रकम जफत हुने कृषि सामग्री कम्पनी स्रोतको दाबी छ । 

सार्वजनिक खरिद ऐन बमोजिम मल आपूर्ति गर्न दुबै कम्पनीले ‘लो बिड’ सवैभन्दा कम कबोल गरेका आधारमा मल आपूर्ति गर्ने ठेक्का पाएका थिए । शैलुङले अन्र्तराष्ट्रिय मुल्यअनुसार, प्रतिमेट्रिक टन ३२० अमेरिकी डलरमा मल आपूर्ति गर्ने गरी ठेक्का पाएको थियो  भने होलिको मल्टिपल प्रालिले परमेट्रिक टन ३०९ अमेरिकी डलरमा मल ल्याउने गरी ठेक्का पाएको थियो । 

गत माघमा गरिएको ठेक्कामा उक्त रकम राखिएपनि हाल मलको अन्तर्राष्ट्रिय मूल्य क्रमशः बढ्दै गएर ३७० अमेरिकी पुग्दा आयातमा समस्या भएको कृषि सामग्री कम्पनीमा मौखिक जानकारी गराएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved