मल ल्याउन नसकेका प्रचण्डका घरबेटीको सहित २ कम्पनीलाई कारवाही, धरौटी जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 06:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

समयमा नै रासायनिक मल आयात गर्न नसकेका दुई नेपाली कम्पनीलाई कारवाही गरिएको छ । कृषि सामग्री कम्पनीले नेकपा अध्यक्ष प्रचण्डका घरबेटी समेत रहेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र नेपाली कांग्रेस निकटका ठेकेदार  हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारवाही गरेको हो । 

सम्झौता अनुसार रासायकिन मल नल्याएपछि दुई कम्पनीले राखेको ५÷५ लाख धरौटी रकम जफत गर्दै कालोसूचिमा राखिएको हो । कृषि सामग्री कम्पनीले दुवैसँगको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, समयमै मल आपूर्ति नगरेका कारण भएको क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । 

गत माघमा निकालिएको अन्तराष्ट्रिय बोलपत्र अनुसार उक्त दुई कम्पनिले साउन १० मा पहिलो लट र भदौ २० भित्र सबै परिमाणमा मल ल्याउनुपर्ने थियो । दुवै ठेकेदार कम्पनीलाई २५–२५ हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का पाएतापनि मल नल्याएपछि कारावाही गरिएको हो । ती कम्पनीले मल ल्याउन प्रतितपत्र (एलसी) खोलेको ११७ दिनभित्र भित्र नेपालमा मल आइसक्नुपर्ने हो । जुन, समयसीमा आज (भदौ २० गते) सकिँदैछ । तर, आपूर्तिकर्ताले मल ल्याएन ।

भदौ २० गते अन्तिम दिन भएतापनि शुक्रबार दुबै कम्पनीले कोरोनाका कारण ढुवानीमा समस्या हुँदा मल आयात गर्न नसकेको भन्दै तीन महिना ठेक्का सम्झौता थपगर्न निवेदन दिएका थिए । 

सार्वजनिक खरिद ऐन बमोजिम मल आपूर्ति गर्न दुबै कम्पनीले ‘लो बिड’ सवैभन्दा कम कबोल गरेका आधारमा मल आपूर्ति गर्ने ठेक्का पाएका थिए । शैलुङले अन्र्तराष्ट्रिय मुल्यअनुसार, प्रतिमेट्रिक टन ३२० अमेरिकी डलरमा मल आपूर्ति गर्ने गरी ठेक्का पाएको थियो भने होलिको मल्टिपल प्रालिले परमेट्रिक टन ३०९ अमेरिकी डलरमा मल ल्याउने गरी ठेक्का पाएको थियो । 

शैलुङले ८५ हजार टन र होलिका मल्टिपलले २५ हजार टन मल ल्याउन दुवै कम्पनीले ४ अर्ब रुपैयाँ हाराहारीको  ठेक्का पाएका थिए ।  ती दुवै कम्पनीले २०७६ माघमा ठेक्का पाएका थिए । 

अनुदान रकमबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत मल ल्याउने जिम्मा मन्त्रालयले दिएको थियो । मन्त्रालयको जिम्मा अुनसार साल्ट ट्रेडिङले केही मल ल्याइसकेको छ भने केही मल आउने क्रममा रहेको जनाईएको छ । 

कृषकलाई अनुदानमा वितरण गर्ने रासायनिक मल सिजनको समयमा जहिलै अभाव देखिदै आएको छ । अनुदानमा रासायनिक मल खरिद गर्न गत आर्थिक वर्षमा ९ अर्ब बजेट खर्च गरिएकोमा चालु आवका लागि रु ११ अर्ब बजेट छुट्याईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved