मल कारखानाको सम्भाव्यता अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 07:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रासायनिक मल उत्पादन गर्ने कारखानाको सम्भाव्यता अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयक सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा ‘रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरेको हो । कार्यदलले नेपालमा मल कारखाना स्थापनाको सम्त्रन्धमा अध्ययन गरी सुझाव पेश गर्नेछ।

यसअघि सन् १९९५ तिर गरिएको एक अध्ययनले नेपालमा रासायनिक मलको कारखाना स्थापना सम्भव नभएको निष्कर्ष निकालेको थियो । तर २०१६ मा लगानी बोर्डले गरेको अध्ययनले  मल कारखाना स्थापना सम्भव भएको जनाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved