प्रचण्डका घरबेटीलाई 'देखावटी' कारबाही, २ अर्बको ठेक्कालाई अझैं निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 01:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल खरिद नगरेको भन्दै आईतबार दुई सप्लायर्सलाई कारवाही गरेको छ । २५-२५ हजार टन रासायनिक मल नल्याएको भन्दै नेकपा अध्यक्ष प्रचण्डका घरबेटी समेत रहेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र नेपाली कांग्रेर निकटका ठेकेदार हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारवाही गरेको हो । 

ठेक्दा सम्झौता रद्ध गर्दै धरौटी रकम जफत गरेको कृषि सामग्रीले प्रचण्डका घरबेटीलाई अर्को  ठेक्कामा छुट दिएको छ । ठेक्दा रद्ध गर्दै कारवाही गरिएको र कालो सूचिमा राख्ने तयारी भएको उक्त कम्पनीले बाँकि मल खरिद गर्न पाउँने कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी बताए । 

उनका अनुसार सार्वजनिक खरिद ऐन अनुसार कालोसूचिमा राखिएको सप्लायर्स वा कम्पनीले नयाँ ठेक्दा सम्झौता गर्न पाउँदैनन्, तर कालोसूचिमा राख्नुभन्दा अगाडी नै सम्झौता भएको ठेक्का रोक्न मिल्दैन  । उनले ठेक्का रोक्न नपाउने नियम अनुसार शैलुङलाई ५५ हजार टन रासायनिक मल खरिद गर्न पाउने बताए । 

कृषि सामग्रीले मल नल्याएको दुई सप्लायर्सलाई कालोसूचिमा राख्न पत्राचार गर्ने तयारी गरेको छ । ‘हामीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस गर्नै हो, कति समयको लागि कालोसूचिमा राख्ने भन्ने अधिकार सबै सार्वजनिक खरिद कार्यालयलाई हुन्छ,’ उनले भने । 

गत आर्थिक वर्ष २०७६÷०७७ का लागि सम्झौता गरेको २५ हजार टन मल ल्याउन नसकेको उक्त कम्पनीलाई चालु आवमा दुई ठेक्का मार्फत ५५ हजार टन मल ल्याउन सम्झौता भैसकेको छ । 

सम्झौताअुनसार जेठदेखि मल ल्याउनुपर्ने भएतापनि नल्याएको सोही कम्पनिले असार १८ गते ३० हजार र साउन ४ गते २५ हजार गरी करिब सवा २ अर्ब रुपैयाँ बराबरको ५५ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न भन्दै सम्झौता गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved