प्रचण्डका घरबेटीको सहित २ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 05:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी र कांग्रेसका कोइराला पक्ष निकट व्यवसायी हुमनाथ कोइरालाको कम्पनीलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । रासायनिक मल समयमा नल्याएको भन्दै कृषि समाग्री कम्पनीले उक्त कम्पनीलाई कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई सिफारिस गरेको हो । कृषि सामग्री कम्पनीले आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो । 

शैलुङ र होलिकोले कृषि सामग्री कम्पनीले आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्रमा केपिएन १०५र १०६÷०७६÷०७७ अन्तरगत २५÷२५ हजार हजार मेट्रिक टन रासायनि मल ल्याउने ठेक्का पाएका थिए । ठेक्का अबधि समाप्न हुँदा समेत मल नल्याएको भन्दै कृषि सामग्री कम्पनिले भदौ २१ गते धरौटी रकम जफल गदैँ कारवाही गरेको थियो । 

कालोसूचिमा राख्न प्रस्ताव गरिएको शैलुङले ५५ हजार मेट बराबरका दुई ठेक्का पाईसकेको छ । कालोसूचिमा राखिएतापनि उक्त ठेक्का रद्द नहुने कृषि सामग्री कम्पनिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved