बंगलादेशबाट मल ल्याउन टेन्डर आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 10:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बंगलादेशबाट सापटीमा मल ल्याउन टेन्डर आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशनमा कृषि सामग्री कम्पनीले ५० हजार मेट्रिक टन रासायनिक मल ढुवानीका लागि टेन्डर आह्वान गरेको हो । 

मलको अभाव भएको भन्दै छोटो माध्यमबाट मल ल्याउन गत शनिबार एक साताको समयाबधि राखेर टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा हरिवहादुर केसी समय धेरै नभएको भन्दै छोटो तरीकाले मल ल्याउन टेन्डर आह्वान गरिएको बताउँछन् । ‘अर्काे शनिबार टेन्डर खोलिन्छ, जतिसक्दो छिटो मल ल्याउनुपर्ने भएकाले एक साताको समय राखेर मल ढुवानीका लागि टेन्डर निकालेका हौँ’, उनले भने । 

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको थियो । जिम्मा पाएको दुई दिनमा कम्पनीले ढुवानीको टेन्डर आह्वान गरेको हो । 

सापटीमा ल्याइने मल ढुवानीका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता गरेको छ । सोमबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । 

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो । किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो । सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोन वार्ता भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved