नेपालमै रासायनिक मल कारखाना खोलिने, अर्थमन्त्रीको नेतृत्वमा कार्यदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 08:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमै रासायनिक मल खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो। 

सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा रासायनिक मल खोल्न प्रधानमन्त्रीले प्रस्ताव गरेको जानकारी दिएका छन्।

सरकारले रासायनिक मल कारखाना स्थापना गर्नेसम्बन्धमा तीन सदस्यीय प्रारम्भिक अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठित समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल  रहनेछन्। 

मन्त्रिपरिषद् बैठकले  ‘जिटुजी’ प्रतिस्पर्धाबाट मल आपूर्ति गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved