थाइल्याण्डको स्थानीय फुटबल प्रतियोगितामा रोमान्चित पार्ने घटना भएको छ। उक्त खेलमा बिजेता टोलिको छनौट गर्न गरिएको पेनाल्टी शुट आउट अहिले युटुबमा 'भाइरल' भएको छ।
गत शनिबार युथ–१८ कपअन्तर्गत राजधानी बैककमा बैकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबीच भएको भिडन्तमा कयौं त्यस्ता घटना घटे जसले खेललाई रोमान्चित बनायो।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछी नतिजा पेनाल्टी शुट आउटबाट गर्ने निर्णय भयो। पेनाल्टी सुटआउटमा बैंकक २०–१९ गोलले विजयी भयो।
पेनाल्टी सुटआउटमा बैंककका एक खेलाडीको प्रहार गरेको पेनाल्टीले सबैको ध्यान खिचेको छ। उनले प्रहार गरेको बल गोलपोष्टको बिममा लागेर फर्कियो। पेनाल्टी शुट आउटको उक्त प्रहार बिममा लागेपछि खुसी हुँदै नाचेका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए, जब बल भुइँमा ठोकिएर पुनः दिशा परिवर्तन गर्दै गोलमा परिणत भयो। बिममा बल लागेपछि निराश बनेका बैंककका खेलाडीभने पछि खुसि बने। यो भिडियो फेसबुकमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन्।बाँकी भिडियोमा हेर्नुहोस: