के तपाईलाई थाहा छ सुनभन्दा पनि महँगो यी ८ पदार्थ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 07:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

त्यसो त हामी मध्य अधिकांशलाई यस्तो लाग्छ कि सुन, चांदी, हिरा र मोति भन्दा अरु महंगा पदार्थपनि हुन्छन र ? हो, सुन भन्दा पनि कैयौ गुणा महँगो पदार्थहरु छन। यी पदार्थहरु सुन भन्दा पनि महंगा कसरि भए ? 

कोकीन
यो यस्तो पदार्थ हो जसको सेवनले धेरै देशका युवाहरुले आफ्नो भविष्य बिगारेका छन्। यो एक प्रकारको विषालु र नशालु पदार्थ हो। यसको १ ग्रामको मूल्‍य करीब ५ हजारदेखि ८ हजारसम्म पर्छ।

हेरोइन
यो पनि  नशालु पदार्थ मध्यकै दोस्रो ठूलो नशालु पदार्थ हो। यसको प्रतिग्राम मूल्‍य पनि ८ हजारदेखि १२ हजारसम्‍म पर्छ।

प्लेटिनम
प्लेटिनमको प्रतिग्राम मूल्‍य ३५ हजार पर्दछ। क्‍यान्सरको औषधि बनाउनु पर्ने हुँदा यसको मूल्‍य बढेर आउँछ। आवश्यक पर्दा हतपत नभेटिने हुँदा एक ग्राम प्लूटोनियमको मूल्य ३ लाख रुपैया पर्न आउँछ।

रेडियम 
रेडियमको प्रयोग महंगा  तथा लक्जरी गाडीको इन्जिन बनाउनमा प्रयोग गरिन्छ। उक्त इन्जिनलाई कार्बन बन्‍नबाट रेडियमले रोक्‍ने काम गर्दछ। त्यही कारण यसको मूल्‍य गाडीको भन्दा धेरै गुणा बढी पर्न आउँछ। एक ग्राम रेडियमको मूल्‍य ५५ हजार पर्न आउँछ।

प्लूटोनियम

प्लूटोनियमको प्रयोग परमाणु हतियार बनाउनको लागि प्रयोग गरिन्छ। वर्ल्ड न्यूक्लियर एसोसिएशनका अनुसार यो धातु दुई प्रकारको हुन्छ। पहिलो विपन्स ग्रेड हुन्छ भने दोस्रो रिएक्टर ग्रेड।


हिरा 
हिरा एक प्रकारको ढुंगा जस्तो देखिन्छ। यहि  ढुंगाजस्तो देखिने पदार्थको मूल्‍य ८ लाख पर्न आउँछ। यसलाई क्यारेटको हिसाबले तौलिने गरिन्छ। एक क्यारेट बराबर ०.२ ग्राम हुन आउँछ।

एलएसडी
यो एक प्रकारको नशायुक्त पदार्थ हो। यसलाई धेरै नै महँगो मानिन्छ। एक ग्राम एलएसडी ड्रगलाई करीब ४० हजार पर्न आउँछ।



हाफनियम र टान्टालम इसोमेर्स
परमाणु प्रतिक्रियालाई चिसो बनाउन यो पदार्थको प्रयोग गर्ने गरिन्छ। एक ग्राम हाफनियम र टान्टालम इसोमेर्सको मूल्‍य करीब एक अर्ब रुपैयाभन्दा बढी पर्न आउँछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved