ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 07:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले ३० प्रतिशत हकप्रद प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले आज अर्थात भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

बैंकले १० बराबर ३ कित्ता सेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद निष्काशन गर्न लागेको हो। बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपियाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन्   । 

गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकको बोनस सेयर वितरण मार्फत जुटाउनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved