कामना सेवा बिकास बैंकको सेयर पुन: लिलाममा, आजदेखि आबेदन दिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 07:37:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक (साबिकको कामना बिकास बैंक) ले अवितरित सेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले लिलाममा राखेको सेयरमा लगानीकर्ताले  असोज ८ देखि असोज २२ सम्म आबेदन दिन सक्नेछन। 

पुन: लिलाममा राखिएको सेयरमा संस्थापक तर्फ १८ हजार ३६७।२६ कित्ता र सर्वसाधारण तर्फ २७ हजार १२०।३४ कित्ता सेयर छ। बैंकले असार ११ देखि साउन १५ सम्म १० बराबर ३० कित्ता अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्री खुला गर्दा अवितरित सेयर भदौ ११ देखि भदौ १९ गतेसम्म लिलाममा राख्दा बिक्रि नभएपछी पुन: लिलाममा राखेको हो।

यस पटक बैंकले लिलाममा राखेको साधारण वा संस्थापक दुवै सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आबेदन दिन सक्नेछन। इच्छुक बोलकबोल दाताले असोज ८ देखि २२ गतेस बैंकिङ समय ३ बजेसम्म बैंकको केन्द्रीय कार्यालय पोखरा-लेखनाथ ८, कास्की तथा  बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। बोलपत्रको नतिजा भदौ २५ गते १० बजे एनआइबिएल क्यापिटल मार्केटको कार्यालयमा खोलिने छ ।  


बोलकबोल दाताले साधारण सेयरका लागि प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि र संस्थापक सेयरका लागि १० ले भाग जाने गरि न्युनतम १००० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।   

इच्छुक बोलकबोलदाताले भदौ ११ देखि भदौ १९ गतेसम्म एनआईबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१६१०७०१९  मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन्।

पोखरा केन्द्रित कामना र बुटवल केन्द्रित सेवा बिकास बैंकले गत आर्थिक बर्ष क्रमश: १७ करोड ६५ लाख र १७ करोड २८ लाख खुद मुनाफा आर्जन गरेका छन। दुवै बिकास बैंक १ बराबर १ को स्वाप अनुपातमा मर्ज भई कामना सेवा बिकास बैंकको नाममा साउन २२ गतेदेखि एकीकृत कारोबार थालेका हुन्।

मर्ज पश्चात कामना सेवा विकास बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरका बिकास बैंकहरुले २०७४ अन्तिम सम्म चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेहुन्छ। बैंकले  ४४ करोड पुंजी थप गर्नुपर्नेछ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved