20 Oct, 2017 | ३ कार्तिक २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

चिलिमे हाइड्रोको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Posted on:October 12, 2017

चिलिमे हाइड्रोपावरको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो। हाइड्रोपावरले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कात्तिक २४ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले आज अर्थात असोज २६ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

हाइड्रोपावरले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजन रकम सहित) २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश बितरण गरेको थियो। 

चिलिमेले नेपाल प्रहरी क्लब, भिर्कुटिमण्डपको हलमा आगामी कात्तिक २४ गते बिहान ११ बजे २१ औ बार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले लाभांश प्रस्ताब पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

१५ प्रतिशत बोनस सेयर वितरण पछी चिलिमेको चुक्ता पुंजी ३ अर्ब ९५ करोड पुग्नेछ। हाल चिलिमेको चुक्ता पुंजी ३ अर्ब ४४ करोड छ। चिलीमेले गत आर्थिक बर्ष ९६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share your thoughts!


Trending