आरएसडिसी लघुवित्तको २ सय प्रतिशत हकप्रद भर्ने म्याद थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 08:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले हकप्रद भर्ने म्याद थप गरेको छ ।  आरएसडिसी लघुवित्तले असोज २ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको थियो। लघुवित्तले एक बराबर दुई अर्थात दुई सय प्रतिशतको दरले हकप्रद बिक्रि खुला गरेको हो। 

लघुवित्तले यस अघि कार्तिक ५ गते सम्म हकप्रद भर्न सकिने बताएकोमा अब म्याद थप गरी कार्तिक २० गते सम्म हकप्रद भर्न सकिने जनाएको छ ।लघुवित्तले प्रति कित्ता १०० रुपैयाँका दरले २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद बिक्रि खुला गरेको हो। हकप्रद प्रयोजनार्थ लघुबित्तले भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

लगानीकर्ताले लघुवित्तको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, आरएसडिसी लघुवित्तको कार्यालय र उपत्यका बाहिरका नेपाल इन्भेस्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रद फारम प्राप्त गरि हकप्रद भरि बुझाउन सक्नेछन ।  

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुमा १३ प्रतिशत बोनस घोषणा गरेको छ। २०० प्रतिशत हकप्रदले लघुवित्तको बोनस सेयर नपाउने लघुवित्तले जनाएको छ। १३ प्रतिशत बोनस सेयर र २०० प्रतिशत हकप्रद वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ३५ करोड ९९ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ११ करोड ५० लाख छ। लघुवित्तले गत आर्थिक बर्ष १ करोड ९६ लाख खुद मुनाफा आर्जन गरेको थियो।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved