माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक २ मा बसेको ३५९ औं संचालक समितिको बैठकले १२ प्रतिशत हकप्रद भर्ने सेयरधनीले समेत पाउनेगरि ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने घोषणा गरेको जनाइएको छ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो।
९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड पुग्नेछ। १२ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ।
EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?
साथै
१२ प्रतिशत हकप्रद भर्नेले समेत लाभांश पाउने भएपछी बैंकको सेयर लिलाम मार्फत खरिद गर्नेले समेत लाभांश पाउने बैंकले जनाएको छ। बैंकले कात्तिक ५ देखि १३ गतेसम्मका लागि हकप्रदमा अवितरित १ लाख ६० हजार कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रिमा राखेको छ।
माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलाममा, आज देखि आबेदन खुला