एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2017 | 06:50:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १० बराबर ५ कित्ता कित्ता सेयर अर्थात ५० प्रतिशतका दरले असोज १८ देखि कात्तिक २१ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद प्रयोजनार्थ बैंकले भदौ २१ का लागि बुक क्लोज गरेकाले भदौ २० सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १९ करोड २२ लाख रुपैयाँ बराबरको १९ लाख २२ हजार ८१२.५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। भदौ २० सम्म कायम शेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक एस क्यापिटल, लालदरबार, काठमाडौं र एक्सेल डेभलपमेन्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 


५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५७ करोड ६८ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ३८ करोड ४५ लाख छ। बैंकले गत आर्थिक बर्ष १५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट ३०.१२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ६९ करोड २६ लाख पुग्नेछ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने हुन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved