अरुण फाइनान्सको ३ लाख ६ हजार कित्ता सेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 28, 2017 | 05:16:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण फाइनान्सले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले कात्तिक १४ देखि कात्तिक २२ सम्म ३ लाख ६ हजार २३३ कित्ता सेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो। 

फाइनान्सले लिलामी मार्फत बिक्रि गर्न लागेको ३ लाख ६ हजार २३३ कित्ता सेयरमा संस्थापक तर्फ १ लाख ८० हजार ८८६ कित्ता र सर्वसाधारण तर्फ १ लाख २५ हजार ३४७ कित्ता सेयर छ। फाइनान्सले गत भदौ ६ देखि असोज ९ सम्म १ बराबर १ कित्ता सेयर अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले कात्तिक १४ देखि फाइनान्सको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर काठमाडौंमा कात्तिक २२ गते कार्यालय समयसम्म पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रको नतिजा कात्तिक २४ गते बिक्रि प्रबन्धक आइएमई क्यापिटलमा खोलिनेछ।  


इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि बोलपत्र पेश गर्नु पर्नेछ।सबै भन्दा बढी मूल्यमा कबोल गरि बोलपत्र पेश गर्नेले लिलामीको सेयर पाउनेछन।  

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३० करोड पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ३० करोड छ। फाइनान्सले गत आर्थिक बर्ष १ करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved