20 Nov, 2017 | ४ मंसिर २०७४ | सोमवार


Bizpati Reporter

Follow us on

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद भर्नुभयो ? यस्तो छ शेयरधनीहरुमा बैंकको सूचना

Posted on:November 03, 2017

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १० बराबर १२ कित्ता सेयर अर्थात १२० प्रतिशतका दरले असोज २६ देखि कत्तिक २९ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

१२० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले असोज १८ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले असोज १७ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

असोज १७ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट, काठमाडौं, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 


बैंकले २६ करोड ४३ लाख रुपैयाँ बराबरको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो। १२० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ४६ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २२ करोड २ लाख छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share your thoughts!

Loading...

Trending