भार्गब बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 06:26:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गब बिकास बैंकले हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १० बराबर ८ कित्ता शेयर अर्थात ८० प्रतिशतका दरले कात्तिक २४ देखि मङ्सिर २८ गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

बैंकले ८० प्रतिशत हकप्रदका लागि कात्तिक १५ का लागि बुक क्लोज तय गरेकाले कात्तिक १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

कात्तिक १४ सम्म कायम शेयरधनीहरुले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिट, नागपोखरी, काठमाडौं र भार्गब तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 


बैंकले २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको हो। ८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved