कन्चन डेभलपमेन्ट बैंकको शेयर लिलाममा, मङ्सिर १५ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 28, 2017 | 07:53:07 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्चन डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले मङ्सिर १५ देखि मङ्सिर २६ सम्मका लागि १४ हजार ५६५ कित्ता साधारण शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले गत असार ३० देखि भदौ १ सम्म १० बराबर ३ अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित साधारण शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले मङ्सिर १५ देखि बैंकको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल, काठमाडौं र ग्लोबल आइएम बैंकका बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज शाखा तथा कन्चन डेभलपमेन्ट बैंकको शाखा कार्यालय धनगढीमा मङ्सिर २६ गते कार्यालय समयसम्म आइपुग्ने गरि बोलपत्र पेश गर्न सक्नेछन।   

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। 


हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड १० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ४४ करोड ८९ लाख पुग्नेछ। बैकले गत आर्थिक बर्षको कमाईबाट १६।०३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। बोनस बितरण पश्चात बैंकको चुक्ता पुंजी ५२ करोड २४ लाख पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड १ लाख खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved