सिन्धु बिकास बैंकको शेयर लिलाममा, पुष ४ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2017 | 09:28:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले पुष ४ देखि पुष १२ सम्मका लागि ७ लाख ८ हजार ९७५ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा सर्वसाधारण तर्फ १ लाख ४२ हजार १०२।६० कित्ता शेयर छ भने संथापकतर्फ ५,६६,८७२।४० ५ लाख ६६ हजार ८७२.४० कित्ता शेयर छ। बैंकले भदौ १८ देखि कात्तिक ५ मा २ बराबर १ का हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।    

इच्छुक बोलकबोल दाताले पुष ४ देखि फाइनान्सको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट, काठमाण्डौ र नेपाल इन्भेष्टमेन्ट बैंकका बिराटनगर, बिरगंज, सुर्खेत, नेपालगंज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालय मार्फत पुष १२ सम्म बोलपत्र पेश गर्न सक्नेछन।  


बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१६४११०१७ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन भने संस्थापक शेयरधनीहरुले मात्र संस्थापक शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड १९ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड २१ लाख रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउने बैंकले करिब ६ प्रतिशतले पुंजी वृद्धि गर्नु पर्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १० करोड १ लाख खुद मुनाफा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved