आरएसडिसी लघुवित्तको शेयर लिलाममा, कहाँदेखि दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 23, 2017 | 08:53:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी  लघुवित्त वित्तीय संस्थाले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले पुष ११ देखि पुष १८ गते सम्मका लागि १ लाख ९५ हजार ७०७ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 


लघुवित्तले लिलाममा राखेको शेयरमा ९३ हजार २७ कित्ता शेयर साधारणतर्फको शेयर छ भने संस्थापकतर्फ १ लाख २ हजार ६८० कित्ता शेयर छ। लघुवित्तले असोज २ देखि कात्तिक २० सम्म १ बराबर २ कित्ता शेयर अर्थात २०० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।  


इच्छुक बोलकबोल दाताले पुष ११ देखि लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट र आरएसडिसी लघुवित्तका तोकिएका शाखा कार्यालयमा पुष १८ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 


बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१७२३५०१८ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   


इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन भने संस्थापक शेयरधनीहरुले मात्र संस्थापक शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन।  


लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ९६ लाख खुद मुनाफा गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved