सिन्धु बिकास बैंकको संस्थापक सेयर पुन:लिलाममा, माघ २ देखि जो कोहिले पनि आबेदन दिन सक्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 08:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंक लिमिटेडले पुन: हकप्रदमा अवितरित संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैकले माघ २ देखि माघ १० सम्मका लागि ५ लाख ३८ हजार ३०२.४० कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले २ बराबर १ अर्थात ५० प्रतिशतका दरले गत भदौ १८ देखि कात्तिक ५ सम्म हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले माघ २ देखि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढीका शाखा कार्यालयमा माघ १० सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१६४११०१७ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ३९ करोड ६६ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड २१ लाख छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी ५० करोड पुर्याउनुपर्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १० लाख  १५  लाख खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved