कर्णाली डेभलपमेन्ट बैंकले आज माघ ११ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १:२.२५ को अनुपातमा २ सय २५ प्रतिशत हकप्रद निष्काशन गरेको हो । अब बैंकले ३३ करोड ९७ लाख बराबरको ३३ लाख ९७ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।
हकप्रद निष्काशनको लागि बैंकले पुस २० गते बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले फागुन १६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी , कर्णाली विकास बैंकका शाखाहरु, प्रभु बैंकको बिराटनगर , बिरगंज, पोखरा , बुटवल र धनगढी शाखा साथै आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
हाल बैंकको चुक्ता पुंजी १५ करोड १० लाख रहेकोमा २ सय २५ प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख पुग्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख घाटा बेहोरेको थियो ।