गण्डकी बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन , कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 08:21:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी बिकास बैंकको हकप्रद भर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ  । बैंकले पुस ७ गतेदेखि प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर २५ कित्ता अर्थात २५ प्रतिशतका दरले हकप्रद बिक्रि गरेको थियो । बैंकले   ४६ करोड ९ लाख रुपैयाँ बराबरको ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५० कित्ता हकप्रद बिक्रि खुला गरेको हो  । 

 बैंकले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले मङ्सिर १५ गते बुक क्लोज मिति तय गरेको छ। मङ्सिर १४ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।  

शेयरधनीहरुले विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयप्रभु बैंकका विराटनगरविरगन्जनेपालगंजसुर्खेत र तुलसीपुर शाखा र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन । 

२५ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ८४ करोड छ। फेवा र गण्डकी मिलेर बनेको गण्डकी विकास बैंकले गत आर्थिक बर्ष ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved