कामना सेवा विकास बैंकको हकप्रद बिक्रि खुला, उपत्यका भित्र र बाहिर कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 08:08:41 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले आज माघ १५ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ । बैंकले  १०:१.५ को अनुपातमा १५ प्रतिशत हकप्रद निष्काशन गरेको हो  ।

 बैंकले  ३० करोड ९४ लाख बराबरको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न गरेको हो  । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ कामना सेवा विकास बैंकले  माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । लगानीकर्ताले फागुन २० गते सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले एनएमबि क्यापिटलको कार्यालय  नक्साल, र एनएमबि बैंकका उपत्यका भित्रका चाबहिल, कलंकी, तिनकुने, महाराजगन्ज, काठमाडौँ , लुभी , ठईब, पुल्चोक कुमारी पाटी , ललितपुर, सुर्यबिनायाक, भक्तपुर शाखा बाट आवेदन दिन सक्ने छन् । त्यस्तै एनएमबि बैंकका उपत्यका बाहिरका तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्र पथ धरान, रंगेली रोड , बिराटनगर, ,. सुर्खेत रोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर बिरगंज, भानुचोक जनाकरपुर, नारायणगढ चितवन र बिर्तामोड झापा बाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै कामना सेवा बैंकको शाखाबाट पनि हकप्रद भर्न सकिने छ ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड रहेकोमा हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्ने छ । 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  १३ करोड ६१ लाख  खुद नाफा कमाएको थियो । 

यो पनि : 

कामना सेवामा देखियो प्रगतिको छनक,नाफा ३५ प्रतिशतले बढ्दा सेयरमा लगानी कति उचित ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved