माउन्ट मकालु डेभलपमेन्ट बैंकको शेयर लिलाममा, माघ २१ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 01, 2018 | 09:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। डेभलपमेन्ट बैंकले माघ २१ देखि माघ २८ सम्म १६ हजार १८१ कित्ता हकप्रद लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

बैंकले लिलाममा राखेको शेयरमा साधारणतर्फ ६ हजार १३७ कित्ता सेयर छ भने संस्थापक तर्फ १० हजार ४४ कित्ता सेयर छ। बैंकले गत मङ्सिर ७ देखि पुष १२ सम्मका २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।    

इच्छुक बोलकबोल दाताले माघ २१ देखि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढीका शाखा कार्यालयमा माघ २८ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१६३६७०१८ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १० करोड ३७ लाख पुग्नेछ। तेह्रथुम केन्द्रित एक जिल्ले माउन्ट मकालु डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउनुपर्नेछ। तर काबेली विकास बैंकले माउन्ट मकालुलाई प्राप्ति गर्नका लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved