ग्रीन डेभलपमेन्ट बैंकको ४ सय प्रतिशत हकप्रद भर्नु भयो? यस्तो छ बैंकले जारि गरेको सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 05:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर ४०० कित्ता अर्थात ४०० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले  ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद बिक्रि गर्ने छ। हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

हकप्रद निष्काशनको लागि  बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  लगानीकर्ताले फागुन ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले ग्रीन डेभलपमेन्ट बैंकको शाखाहरु, लक्ष्मी क्यापिटलको कार्यालय बानेश्वर, एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, साथै सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  । यसका साथै लक्ष्मी बैंकको सिमित शाखाहरु बाट पनि आवेदन दिन सकिने छ  ।  

बैंकको माघ २८,२०७३ मा बसेको चौथो बार्षिक साधारणसभा मार्फत ४०० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित भएको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १० करोड छ।  

यस्तो छ बैंकले जारि गरेको सूचना  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved