कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद भर्न छुट्नुभयो ? यस्तो छ सेयरधनीहरुलाई बैंकको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 08:04:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले माघ ११ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १ बराबर २.२५ अर्थात २२५ प्रतिशतका दरले माघ ११ देखि फागुन १६ गतेसम्म हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद प्रयोजनार्थ बैंकले पुष २० गते बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३३ करोड ९७ लाख बराबरको ३३ लाख ९७ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

पुष १९ सम्म कायम इच्छुक शेयरधनीहरुले प्रभु क्यापिटलको कार्यालय कमलादी , कर्णाली विकास बैंकका शाखाहरु, प्रभु बैंकको बिराटनगर , बिरगंज, पोखरा , बुटवल र धनगढी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन दिन भर्न सक्ने छन।

२२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख पुग्नेछ। हाल बैकको चुक्ता पुंजी १५ करोड १० लाख छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड १० लाख रहेकोमा २ सय २५ प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख पुग्ने छ । कम्पनी चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाखले नोक्सानीमा छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved