कामना सेवा विकास बैंकको हकप्रद भर्न छुट्नुभयो ? यस्तो छ सेयरधनीहरुलाई बैंकको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 08:02:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले  १०० बराबर १५ कित्ता शेयर अर्थात १५ प्रतिशतका दरले   माघ १५ देखि फागुन २० गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले माघ २ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले  ३० करोड ९४ लाख बराबरको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल बिक्रि रहेको छ ।


माघ २ गतेसम्म कायम इच्छुक शेयरधनीहरुले एनएमबि क्यापिटलको कार्यालय  नक्साल, र एनएमबि बैंकका उपत्यका भित्रका चाबहिल, कलंकी, तिनकुने, महाराजगन्ज, काठमाडौँ , लुभी , ठईब, पुल्चोक कुमारी पाटी , ललितपुर, सुर्यबिनायाक, भक्तपुर शाखा बाट आवेदन दिन सक्ने छन् । 

त्यस्तै एनएमबि बैंकका उपत्यका बाहिरका तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्र पथ धरान, रंगेली रोड , बिराटनगर, ,. सुर्खेत रोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर बिरगंज, भानुचोक जनाकरपुर, नारायणगढ चितवन र बिर्तामोड झापा बाट आवेदन दिन सक्ने छन् । त्यस्तै कामना सेवा बैंकको शाखाबाट पनि हकप्रद भर्न सकिने छ।

१५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्नेछ। हाल हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  १३ करोड ६१ लाख  खुद मुनाफा आर्जन गरेको छ।   


कामना सेवामा देखियो प्रगतिको छनक,नाफा ३५ प्रतिशतले बढ्दा सेयरमा लगानी कति उचित ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved