श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद भर्न छुट्नुभयो ? यस्तो छ शेयरधनीहरुमा फाइनान्सको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 06:17:38 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हकप्रद बिक्रि गरिरहेको छ। फाइनान्सले १०० बराबर ८३ कित्ता शेयर अर्थात ८३ प्रतिशतका दरले माघ १५ देखि फागुन २० सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 


हकप्रद प्रयोजनार्थ फाइनान्सले पुष ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुष २६ सम्म कायम शेयरधनीहरुले मात्र फाइनान्सको हकप्रद भर्न पाउनेछन। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

पुष २६ सम्म कायम इच्छुक शेयरधनीहरुले फाइनान्सको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल कार्यालय, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको डिल्लीबजार काठमाडौं तथा सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवा आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाहरुबाट समेत हकप्रदमा आबेदन भर्न पाउनेछन। 

८३ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३४ करोड ५४ लाखबाट ६३ करोड २० लाख पुग्नेछ। फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउनुपर्नेछ। फाइनान्सले १६ करोड ८ लाख अर्थात करिब २७ प्रतिशतले थप चुक्ता पुंजी वृद्धि गर्नुपर्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगती गर्दै ३ करोड ४८ लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस यस अवधिमा फाइनान्सले ७९ लाख ४४ हजार खुद मुनाफा गरेको थियो।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved