श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद भर्ने आज फागुन २० गते अन्तिमक दिन रहेको छ । कम्पनीले माघ १५ देखि १०० बराबर ८३ कित्ता शेयर अर्थात ८३ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको थियो ।
हकप्रद प्रयोजनार्थ फाइनान्सले पुष ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुष २६ सम्म कायम शेयरधनीहरुले मात्र फाइनान्सको हकप्रद भर्न पाउनेछन। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
पुष २६ सम्म कायम इच्छुक शेयरधनीहरुले फाइनान्सको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल कार्यालय, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको डिल्लीबजार काठमाडौं तथा सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवा आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाहरुबाट समेत हकप्रदमा आबेदन भर्न पाउनेछन।
८३ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३४ करोड ५४ लाखबाट ६३ करोड २० लाख पुग्नेछ। फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउनुपर्नेछ। फाइनान्सले १६ करोड ८ लाख अर्थात करिब २७ प्रतिशतले थप चुक्ता पुंजी वृद्धि गर्नुपर्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगती गर्दै ३ करोड ४८ लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस यस अवधिमा फाइनान्सले ७९ लाख ४४ हजार खुद मुनाफा गरेको थियो।