सिभिल बैंकको ४२ लाख ३८ हजार कित्ता शेयर लिलामीमा, यस्तो छ बैंकले जारी गरेको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 08:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले फागुन २३ देखि चैत १ सम्मका लागि ३२ लाख ४४ हजार ६०० कित्ता हकप्रद लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा संस्थापक तर्फ ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता र साधारणतर्फ ९ लाख ९४ हजार ३ सय ५८ कित्ता दशमलव ५० कित्ता रहेको छ।   

बैंकले गत मंसिर २२ देखि माघ १२ गतेसम्म ४० प्रतिशतका दरले २ करोड ७ लाख ४० हजार ८ सय ८७ कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित २०.४३ प्रतिशत शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन।   

इच्छुक बोलकबोलदाताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्ने छन् ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम लक्ष्मी बैंकमा रहेको लक्ष्मी क्यापिटल मार्केट्सको खाता 00534010757 मा जम्मा गर्नु पर्नेछ।  

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो । बैंकले गत आर्थीक बर्षको कमाई र रिजर्भबाट बोनस वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याउने भएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved