सिभिल बैंकको ३१ लाख कित्ता संस्थापक शेयर पुन:लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 25, 2018 | 09:14:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले संस्थापक शेयर पुन: लिलाम मार्फत बिक्रि गर्ने भएको छ। बैंकल यहि चैत १४ देखि २१ गतेसम्म ३१ लाख २१ हजार ६००.२५ कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले लिलाममा राखेको संस्थापक शेयरमा बैंकका संस्थापक शेयरधनी सहित जो कोहि व्यक्ति, कम्पनि, संघ संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन। इच्छुक बोलक बोलदाताले न्यूनतम शेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँमा न्युनतम १०० कित्ता शेयरको लागि आवेदन दिनु पर्ने छ । 

लक्ष्मी क्यापिटल शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलबाट आवेदन फारम लिन र बुझाउन सक्ने छन।बोलकबोल दाताले शेयर खरिदका लागि आवश्यक रकम लक्ष्मी क्यापिटलको नाममा लक्ष्मी बैंकको खाता नम्बर ००५३४०१०७५७ मा जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। 

बैंकले यस अघि फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म लिलाममा राखेको संस्थापक सेयरमा संस्थापक सेयरधनीलाई मात्र बोलपत्र पेश गर्ने अधिकार थियो। यस अघि लिलामीमा सबै साधारण सेयर बिक्रि भएको थियो भने संस्थापक सेयरमा मात्र ९ जना संस्थापक सेयरधनीबाट १ लाख २३ हजार कित्ताका लागि बोलि लागेको थियो। 

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रद बिक्रि वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ। नेपाल राष्ट्र बैकले तोकेको चुक्ता पुंजी ८ अर्ब बैंकले बोनस सेयर मार्फत पुर्याउने अपेक्षा गरिएको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved