मन्जुश्री फाइनान्सले हकप्रद बिक्रि गरिरहेको छ। फाइनान्सले १०० बराबर ५ कित्ता शेयर अर्थात ५ प्रतिशतका दरले चैत ८ देखि २०७५ बैशाख १२ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।
हकप्रद प्रयोजनार्थ फागुन ९ का लागि शेयरधनि दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय भएकाले फागुन ८ सम्म कायम शेयरधनिहरुले मात्र मन्जुश्रीको हकप्रद भर्न पाउनेछन।
फाइनान्सले ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद बिक्रि खुला गरेको हो। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल छ।
फागुन ८ सम्म कायम शेयरधनिहरुले बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल को कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार, काठमाडौँ, लगनखेल, ललितपुर, र चिप्लेढुंगा पोखराबाट हकप्रद भर्न सक्ने छन् भने मेरोशेयर मार्फत अनलाइन बाटैपनि हकप्रद भर्न सक्ने छन् । त्यस्तै मंजुश्री फाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रद भर्न सक्ने छन् । यसको अलावा सी आश्वामा आबद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने छ।
५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाखबाट ७६ करोड ५ लाख पुग्नेछ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत् बोनस र यस ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुंजी ८० करोड ४० लाख पुग्ने छ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ।
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि