बेष्ट फाइनान्सको ७५ हजार कित्ता संस्थापक शेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 09:10:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बेस्ट फाइनान्स (साबिकको जनरल फाइनान्स) ले हकप्रदमा अवितरित संस्थापक शेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। कम्पनिले यस गत भदौ २७ देखि कात्तिक १४ सम्म लिलाममा राखेको १ लाख ७ हजार ४० कित्ता संस्थापक शेयर मध्ये अवितरित ७५ हजार ३४० कित्ता संस्थापक शेयर पुन: लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले यहि बैशाख ३१ देखि जेठ ८ गते बैंकिङ समय भित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। यस पटकको लिलाममा राखिएको संस्थापक शेयरमा जो कोही व्यक्ति, कम्पनि, संघ संस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन। 

इच्छुकले फाइनान्सको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं, र ग्लोबल आइएमई बैंकका बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, धनगढी र सुर्खेत शाखा कार्यलयमा जेठ ८ गते सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्न सक्नेछन।

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा ग्लोबल आइएमई बैंक, कमलादी शाखामा रहेको खाता नम्बर १११०१००११०६० मा जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।     

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। 

हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ। फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड ४६ लाख खुद मुनाफा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved