कर्णाली डेभलपमेन्ट बैंकको १७ लाख कित्ता शेयर लिलामीमा, उपत्यका बाहिरबाट पनि आबेदनको सुविधा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 09:29:14 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले हकप्रदमा आवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले यहि बैशाख ३१ देखि जेठ ७ गतेसम्म १७ लाख ६२ हजार १८८ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

बैंकले लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा संस्थापक मध्ये १४ लाख ६१ हजार २७० कित्ता संस्थापक शेयर छन भने बाँकी ३ लाख ९१८ कित्ता साधारण शेयर छ। बैंकले गत माघ ११ देखि चैत १ सम्म २२५ प्रतिशत हकप्रद शेयर बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले लिलाममा राखेको शेयरमा आबेदन दिन इच्छुक बोलकबोल दाताले विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, प्रभु बैंकको शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत, धनगढी र कर्णाली डेभलपमेण्टको नेपालगञ्ज, बाँके, दाङ तुल्सिपुर घोराही, लमही, कोहलपुर, र गुलरिया शाखा कार्यालय मार्फत बोलपत्र पेश गर्न सक्ने छन। 

तर लिलाममा राखिएको संस्थापक शेयरका लागि संस्थापक शेयरधनिले मात्र बोलपत्र पेश गर्नु पाउनेछन। बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ताको लागि र प्रति कित्ता १०० रुपैयाभन्दा कम नहुने गरी आवेदन दिनु पर्नेछ । यस अवधिमा बैंकको चुक्ता पुंजी १५ करोड १० लाख छ। बाँकी रहेको हकप्रद शेयर बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख ५० हजार पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved