प्राइम लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता शेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 13, 2018 | 07:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले जेठ २ देखि जेठ ९ सम्मका लागि २ लाख ७१ हजार ९७८ कित्ता साधारण शेयर लिलाम मार्फत बिक्रि खुला गरेको हो। 

इच्छुक बोलकबोल दाताले इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, बानेश्वोर तथा लक्ष्मी बैंकको बिरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखाहरुमा जेठ ९ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ।   

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

कम्पनीले फागुन २७ गतेदेखि १ सय ६० प्रतिशतका दरले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved