भार्गबको ७ लाख ५३ हजार कित्ता शेयर लिलाममा, उपत्यका बाहिरबाट पनि आबेदनको सुविधा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 14, 2018 | 06:37:56 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव बिकास बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले जेठ ३ देखि जेठ १० गतेसम्मका लागि ७ लाख ५३ हजार ३७० कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

बैंकले लिलाममा राखेको शेयरमा संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता र सर्वसाधारण समूहको ८५ हजार ६६४ कित्ता रहेको छ। संस्थापक शेयरधनिहरुले मात्र संस्थापक शेयरको लागि बोलपत्र पेश गर्न पाउनेछन। 

इच्छुक बोलकबोल दाताले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं तथा भार्ग्ब विकास बैंकका प्रधान कार्यालय नेपालगंज र एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत र धनगढी शाखामा जेठ १० गते बैंकिङ समय भित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।    

भार्गबले यसअघि कात्तिक २४ देखि पुष १४ गतेसम्म ८० प्रतिशतका दरले २१ लाख १२ हजार कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ। लिलाम शेयर बिक्रि तथा वितरणपछी बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्नेछ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved