एशियन लाइफ इन्स्योरेन्सले बिहिबारदेखि ९८ हजार कित्ता शेयर लिलाम गर्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 06:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्सले हकप्रदमा अवितरित ९८ हजार २४६ कित्ता सेयर लिलाम गर्ने भएको छ  । 

एशियन लाईफले गत फागुन १३ गतेदेखि बैशाख ३ गतेसम्म दुई बराबर एक कित्ता अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद जारी गरेको थियो ।  कम्पनी सञ्चालक समितिको जेठ १ गते सम्पन्न बैंठकले रितिपुर्वक आवेदन दिने १६ हजार ३७९ जना सेयरधनीलाई ३९ लाख २९ हजार ७२० कित्ता सेयर बाँडफाँड गरि अवितरित सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।


कम्पनीले जेठ १० गतेदेखि १७ गतेसम्म अवितरित सेयरमा शिलबन्दी आह्वान गर्न लागेको हो । इन्स्योरेन्स कम्पनीको सेयर विक्री प्रबन्धक एनआर्इबिएल एस क्यापिटल रहेको छ । इच्छुकले बोल्कबोलदाताले एनआर्इबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिरगंजबाट आवेदन दिन सक्ने छन् ।  त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, र धनगढीबाट आवेदन दिन सक्ने छन् । 

लिलाममा राखिने सबै शेयर सर्बसाधारण समुहका हुन् । इच्छुकले न्युनतम १०० कित्ताको लागि  प्रति कित्ता न्युनतम १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved