ग्रीन डेभलपमेन्ट बैंकले जेठ १० गतेदेखि ६ लाख ५१ हजार कित्ता शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 02:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकले जेठ १० गतेदेखि हकप्रदमा अवितरित ६ लाख ५१ हजार कित्ता शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ३ लाख ३७ हजार ५ सय कित्ता र सर्बसाधारणतर्फको ३ लाख १३ हजार ७ सय १३ कित्ता शेयर गरी कुल ६ लाख ५१ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्ने भएको हो  । लिलामको शेयरमा जेठ १० देखि जेठ १७ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ  

इच्छुक बोलकबोलदाताले न्युनतम सय कित्ताको लागि न्युनतम सय रुपैया भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्ने छ । संस्थापक शेयरको हकमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । सबै भन्दा धेरै मूल्य कबुल गर्नेले शेयर प्राप्त गर्ने छन् । 

ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि   ४०० प्रतिशतको दरले  ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद निष्काशन गरेओ थियो । हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १० करोड छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved