सिन्धु विकास बैंकले ५ लाख ३५ हजार कित्ता शेयर पुन: लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 07:03:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंक लिमिटेडले पुन: हकप्रदमा अवितरित संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैकले जेठ ११ देखि जेठ २७  सम्मका ५ लाख ३५  हजार ३०१.४० कित्ता संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले २ बराबर १ अर्थात ५० प्रतिशतका दरले गत भदौ १८ देखि कात्तिक ५ सम्म हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 


इच्छुक बोलकबोल दाताले जेठ ११ देखि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल  लाजिम्पाट, काठमाडौं, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिरगंजबाट आवेदन दिन सक्ने छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढीका शाखा कार्यालयमा जेठ २७ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

 इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले  न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। जो कोहि व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ३९ करोड ६६ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड २१ लाख छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी ५० करोड पुर्याउनुपर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved