मन्जुश्री फाइनान्सको ३९ हजार कित्ता शेयर लिलाममा, उपत्यका बाहिरबाट पनि आबेदनको सुविधा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 08:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले जेठ १४ देखि २१ गतेसम्मका लागि ३९ हजार ११२ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

फाइनान्सले लिलाममा राखेको शेयरमा संस्थ्पक समुहको १६ हजार ५६३.९ कित्ता र सर्वसाधारण समुहको २२ हजार ५४८.१ कित्ता रहेको छ। संस्थापक  शेयरधनिहरुले मात्र संस्थापक शेयरको लागि बोलपत्र पेश गर्न पाउनेछन।

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनआर्इबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार  काठमाडौँ,  लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिरगंजबाट आवेदन दिन सक्ने छन् ।  त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, र धनगढी तथा मन्जुश्री फाइनान्सको केन्द्रिय कार्यालय नयाँ बानेश्वोर,काठमाडौंबाट आवेदन दिन सक्ने छन् । जेठ २१ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।     

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी आवेदन दिंदा संस्थापक शेयरको लागि न्युनतम १००० कित्ता र सर्वसाधारण तर्फको शेयरका लागि १०० कित्ताका लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम लक्ष्मी बैंकमा रहेको एनआईबिएल एस क्यापिटल मार्केट्सको खाता ००५३४०१०२८३ मा जम्मा गर्नु पर्नेछ।

मन्जुश्रीले ५ प्रतिशतका दरले हुन आउने ३ लाख ६२ हजार १९० कित्ता शेयर हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। ५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाखबाट ७६ करोड ५ लाख पुग्नेछ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत् बोनस र यस ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुंजी ८० करोड ४० लाख पुग्ने छ।    







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved