कामना सेवा बिकास बैंकको डेड लाख कित्ता संस्थापक शेयर लिलाममा, जो कोहिले आबेदन दिन पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 06:52:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले हकप्रदमा अवितरित संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले जेठ २० गतेदेखि २७ गतेसम्मका लागि १ लाख ५० हजार ५ सय ३६ दशमलव ९३ कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो। 

बैंकले १०० बराबर १५ कित्ता अर्थात १५ प्रतिशतका दरले माघ १५ गतेदेखि चैत ५ गतेसम्म हकप्रद बिक्रि गर्दा अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। बैंकले अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि खुला गर्दा संस्थापक शेयरधनीबाट यस अघि पर्याप्त आबेदन नपरेकाले पुन: लिलाम मार्फत बिक्रि गर्न लागेको हो। यस पटक नेपाल राष्ट्र बैंकको प्राबधान पुरा गर्ने जो कोहि व्यक्ति, संघ, संस्था तथा कम्पनिले समेत बोलपत्र पेश गर्न पाउनेछन।    

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी काठमाडौँ, तथा कामना विकास बैंकको शाखाहरु ज्ञानेश्वर काठमाडौँ, पुष्पलाल पार्क बुटवल, सृजना चोक पोखरा, लायन्सचोक नारायणगढबाट बोलपत्र पेश गर्न सक्नेछन। त्यस्तै एनएमबि बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, सुर्खेत र नारायणगढ शाखाहरुबाट पनि बोलपत्र पेश गर्न सक्नेछन। जेठ २७ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।     

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी बोलपत्र पेश गर्दा न्युनतम १००० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ। सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम एनएमबि  क्यापिटल मार्केट्सको  एनएमबि बैंकमा रहेको खाता नम्बर ००१३०६०००५४०१००००२१३ र कामना सेवा विकास बैंकमा रहेको ०४१००३००१९५११६०००००१ खाता नम्बरमा  जम्मा गर्नु पर्नेछ। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोडबाट २ अर्ब ५ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved