फर्स्ट माइक्रोफाइनान्सले जेठ २३ देखि २६ हजार कित्ता बढी शेयर लिलिम गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 06:33:47 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि चैत्र २३ गतेसम्म  २:१ को अनुपातमा ५० प्रतिशतका दरले २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गरेको थियो । त्यस अवधिमा बिक्रि नभएको सर्वसाधारणतर्फको २६ हजार ८ सय ८४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको कम्पनीले जनाएको छ ।


लिलाम प्रक्रियाको ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । इच्छुक बोलकबोलदाताले जेठ २३ गतेदेखि जेठ ३० गतेसम्म आवेदन दिन सक्ने छन्  ।

आवेदन फारम लिन र बुझाउनको लागि ग्लोबल आईएमइ क्यापिटलको कार्यालय जमल, तथा ग्लोबल आईएमई बैंकको बिरगंज, बनेपा , हेटौडा, पोखरा, बुटवल, बिराटनगर, नेपालगंज , सुर्खेत र धनगढि शाखाहरि तोकिएका छन्  ।

आवेदन दिंदा न्यूनतम सय कित्ताको लागि प्रति कित्ता मूल्य सय रुपियाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्ने छ  । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर प्राप्त गर्ने छ  ।

हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ६७ लाख रहेकोमा १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६८ करोड ४३ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved