देव विकास बैंकले असार १ देखि २० लाख कित्ता बढी शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 05:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंकले असार १ गतेदेखि हकप्रदमा अवितरित  शेयरहरु लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकले चैत २६ देखि बैशाख ३० सम्मका लागि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेकोमा बिक्रि नभएको २० लाख २० हजार ५९ दशमलव ५९ कित्ता शेयर लिलाम गर्न लागेको हो । लिलाममा आउने शेयर मध्ये संस्थापकतर्फको १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ कित्ता रहेको छ भने साधारणतर्फको ५ लाख ४० हजार ७ सय ९४ दशमलव ७१ कित्ता रहेको छ ।


शेयर लिलामि प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक बोलकबोल दाताले असार १ गतेदेखि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं तथा त्यसका शाखाहरु र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढीका शाखा कार्यालयमा असार ८  सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। देव विअक्स बैंकको काठमाडौँ शाखामा समेत आवेदन दिन सकिने बैंकले जनाएको छ । 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले  न्युनतम १०० कित्ता र सो भन्दा बढी आवेदन दिनु परेमा १० ले भाग जाने कित्ताको लागि आबेदन दिनु पर्ने छ। संस्थापक शेयरको हकमा भने संस्थापक लगानीकर्ताले  मात्र आवेदन दिन सक्ने छन्  ।  सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन।  

 ४० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६३ करोडबाट २ अर्ब २८ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved