ग्रिन डेभलपमेन्ट बैंकको ३ लाख ३७ हजार कित्ता संस्थापक शेयर लिलाममा, जो कोहिले आबेदन दिन पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 01:53:15 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित संस्थापक शेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले असार ३ देखि १० गतेसम्मका लागि हकप्रदमा अवितरित ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो। 

संस्थापक हकप्रद लिलाम मार्फत बिक्रि गर्नका लागि बैंकले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ। लिलाममा राखिएको संस्थापक हकप्रदका लागि जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले समेत बोलपत्र पेश गर्न सक्नेछन। 

इच्छुक बोलकबोल दाताले न्युनतम एक हजार कित्ताका लागि कम्तिमा पनि प्रति कित्ता एक सय रुपैयाँका दरले बोलपत्र पेश गर्नुपर्ने हुन्छ। अधिकतम मुल्य राखी बोलपत्र पेश गर्नेले संस्थापक शेयर सकार्न पाउनेछन। बोलकबोल दाताले असार १० गते बैंकिङ समयसम्म लक्ष्मी क्यापिटल मार्केट, बानेश्वर, काठमाडौं वा ग्रिन डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय हरिशंकर लोक , बाग्लुङमा आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।  असार १३ गते बिहान ११ बजे लक्ष्मी क्यापिटल मार्केटमा शिलबन्दी बोलपत्र खोलिनेछ।     .   

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम लक्ष्मी क्यापिटल मार्केटको लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५३४०१०६७२ र ग्रिन डेभलपमेन्ट बैंकमा राखेको खाता नम्बर ००१२१२००००४९४२०००००१ मा जम्मा गर्नुपर्ने हुन्छ। 

हकप्रद बिक्रि तथा वितरण पश्चात ग्रिन डेभलपमेन्ट बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। बैंकले ४०० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित संस्थापक शेयर दोस्रो पटक लिलाम मार्फत बिक्रि गर्न लागेको हो।     



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved